२१ जेष्ठ २०८३, बिहिबार | Fri Jun 5 2026

लुम्विनी प्रदेशमा नेपाल बैंकको डिजिटल बैंकिङ साक्षरता अभियान सम्पन्न

१ पुस, काठमाडाैँ । नेपाल बैंक लिमिटेडले लुम्विनी प्रदेशका सवै जिल्लाहरुमा एकै साथडिजिटल बैकिङ् वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

डिजिटल बैकिङ् सम्वन्धि जानकारी गराइ डिजिटल बैकिङका प्रविधिहरुमा बिद्यार्थीहरुलाई अभ्यस्त गराउने साथै वित्तीय पहुंच अभिबृद्धि गराउने उद्देश्यले लुम्विनी प्रदेशका सबै १२ जिल्लाका ३३ शाखाहरुमार्फत उक्त कार्यक्रमहरु संचालन गरिएको थियो ।

एकै साथ संचालित उक्त कार्यक्रममा तीन हजार भन्दा बढी बिद्यार्थीहरुलाइ वित्तीय साक्षरता सम्बन्धि ज्ञानमुलक जानकारी, नेपाल बैँकले लागु गरेका विभिन्न सेवा सुविधाहरु, डिजिटल बैँकिङ्, बिद्यार्थी लक्षित शुभज्ञान बचत खाता साथै बैँकिङका विविध आयामहरुको बारेमा जानकारी गराईएको थियो । कार्यक्रममा विद्यार्थीहरुबाट प्राप्त जिज्ञासाहरुलाई सम्वन्धित शाखाप्रबन्धक र अन्य पदाधिकारीहरुले प्रष्ट पारेका थिए ।


रुपन्देहीको बुटवल बहुमुखी क्याम्पस, भैरहवा बहुमुखी क्याम्पस, राममणि बहुमुखी क्याम्पस र पर्रोहा बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख, बैंकका प्रदेश प्रमुख र शाखा प्रबन्धकको उपस्थिती रहेको थियो भने अन्य जिल्लाका विभिन्न कार्यक्रमहरुमा सम्वन्धित क्याम्पस प्रमुख र शाखा प्रबन्धकको उपस्थिती रहेको थियो ।

बैंकका लुम्बिनी प्रदेश प्रमुख लेखनाथ भुसालले नेपाल बैंकले बिद्यार्थीहरुको हीतलाई ध्यानमा राखेर विभिन्न अफर सहितका आधुनिक सेवा सुविधा ल्याईरहेकाले भविष्यमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिईने जानकारी गराएका थिए ।

अनवरत विश्वासको ८५ औ बर्ष प्रवेश गरेको देशकै पहिलो बैंक नेपाल बैंक लिमिटेड सबै पुस्ताको उत्तिकै रोजाइको बैकको रुपमा रहन सफल भएको छ । बैंकले हाल ७२ जिल्लाका २१३ शाखाहरु १५० एटिएम,र ४७ एक्सटेन्सन काउन्टरमार्फत करिब २० लाख ग्राहकहरुलाई आधुनिक प्रविधियुक्त बैँकिङ् सेवा पुर्याईरहेको छ ।

प्रकाशित मिति : December 16, 2021 at 6:10 pm