संसदीय सुनुवाई विशेष समितिको बैठक फेरि सर्यो, जोशी प्रधानन्यायाधीश हुने सम्भावना टर्दै
१४ साउन, काठमाडौँ । संसदीय सुनुवाई विशेष समितिको बैठक फेरि सरेको छ । प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको सुनुवाइ सकिएपछि तत्काल निर्णय दिनुपर्ने समितिले तेस्रो पटक बैठक सारेको छ । जोशीको शैक्षिक योग्यता प्रमाणपत्रमा प्रश्न उठेको र न्याय सम्पादन विचलन देखिएका कारण उनी प्रधानन्यायाधीशमा अनुमोदन हुने सम्भावना कमजोर देखिएको छ ।
संसदीय सुनुवाइका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ नदिई झारा टार्ने काम गरेपछि जोशीको चर्को आलोचना भैरहेको छ । आज दिउँसोका लागि बोलाइएको बैठकले पनि निर्णय नगरी १६ गतेका लागि सारेको छ ।
यो पनि पढ्नुहोस्
–शैक्षिक योग्यता र न्यायसम्पादनको विचलनले प्रधानन्यायाधीश बन्नबाट बञ्चित हुँदै जोशी !
–कठघरामा उभ्याएजस्तो गरी सांसदले प्रश्न गरेको भन्दै प्रधानन्यायाधीशमा प्रस्तावित जोशीको असन्तुष्टि
प्रकाशित मिति : १४ श्रावण २०७५, सोमबार १६:२१