११ मंसिर २०८१, मंगलवार | Tue Nov 26 2024

शैक्षिक योग्यता र न्यायसम्पादनको विचलनले प्रधानन्यायाधीश बन्नबाट बञ्चित हुँदै जोशी !

१४ साउन, काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशी शैक्षिक योग्यता र न्यायसम्पादनको विचलनले प्रधानन्यायाधीश बन्नबाट बञ्चित हुने सम्भावना बढी देखिएको छ ।

नियुक्ति पूर्वको संसदीय सुनुवाईमा रहेको जोशीको नाममा परेका उजुरी र उनमा विगतमा देखिएको न्यायसम्पादनको विचलनले प्रधानन्यायाधीशको प्रस्तावितबाटो बाटै बाहिरिने खतरा बढेको हो । समितिका सदस्यहरुका अनुसार उनले उठेका प्रश्नमा दिएको जवाफ एकदमै कमजोर रहेको छ ।

समितिका बहुमत सदस्यहरु जोशीको झारा टार्ने जवाफले न्यायालयको नेतृत्व गर्न सक्ने क्षमता नभएको निष्कर्षमा पुगेका छन । नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालसँग परामर्श गरेका संसदीय सदस्यहरुले दुबै अध्यक्षले तपाईहहरुको विवेकको प्रयोग गर्नुहोस, बिधि अनुसार निर्णय गर्नुहोस भनेको एक सदस्यले दैनिकीलाई बताए ।

आज दिउँसो बस्ने समितिको बैठकले जोशीको नाम अस्वीकार गर्ने वा उपसमिति बनाएर छानविन गर्नेमध्येको एउटा विकल्पमा निर्णय लिने जानकारी दिए ।

प्रकाशित मिति : १४ श्रावण २०७५, सोमबार १०:४३