११ मंसिर २०८१, मंगलवार | Tue Nov 26 2024

कठघरामा उभ्याएजस्तो गरी सांसदले प्रश्न गरेको भन्दै प्रधानन्यायाधीशमा प्रस्तावित जोशीको असन्तुष्टि

१४ साउन, काठमाडौँ । प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीले आफूलाई संसदीय समितिमा बोलाएर प्रश्न गरेकोमा असन्तुष्टि व्यक्त गरेका छन । नयाँ पत्रिका दैनिकलाई संक्षितप्त अन्तरवार्ता दिँदै जोशीले प्रधानन्यायाधीशलाई बोलाएर कठघरामा उभ्याएजस्तो गर्न नहुने तर्क गरेका छन ।

उनले संसदीय समितिमा सांसदहरुले गरेको प्रश्नप्रति इंगित गर्दै भनेका छन, ‘सोध्ने मान्छेले कति सोध्ने, कति बुझ्ने, भटाभट प्रधानन्यायाधीशलाई बोलाएर कठघरामा उभ्याएजस्तो त गर्नुभएन नि । यो–यो तपाईंलाई आरोप आएको छ, तपाईंको भनाइ के छ भनेर लिखित रूपमा सोधेर लिखित जवाफ माग्नुप¥यो नि ।’ जोशीले यसरी संसदीय समितिको सुनुवाइको शैलीमै प्रश्न खडा गरेका छन ।

जोशीले आफूजस्तो प्रधानन्यायाधीश हुन लागेको मान्छेलाई लिखित रुपमा सोधेर जवाफ मामेको भए राम्रो हुने कुरामा जोड दिएका छन । साथै उनले आफ्नो सुनुवाइको प्रक्रिया पेचिलो बनाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन । उनले शैक्षिक योग्यताको विषयमा उठेको प्रश्नमा यस्तो भनेका छन, ‘सामान्यतया जो कुर्सीमा बस्न पाएको हुँदैन, त्यसले केही कुराको चासो राख्छ होला । अर्काको केही खोट भेटिन्छ कि, खुट्टा तान्न सकिन्छ कि भन्ने लाग्छ होला ।’ जोशीको सुनुवाइ माथिको निर्णय लिन संसदीय समितिको बैठक आज दिँउसो २ बजे बस्दैछ ।

प्रकाशित मिति : १४ श्रावण २०७५, सोमबार ०७:४८