१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

तेल अभिभ विश्वमा सबैभन्दा महंगाे सहर

१५ मंसिर, काठमाडाैँ । इजरायली शहर तेल अभिभ विश्वकै सबैभन्दा महंगाे सहर साबित भएकाे छ । ईकाेनाेमिस्ट इन्टेलिजेन्स युनिट (इआइयू) ले गरेकाे एउटा सर्वेक्षणमा तेल अभिभ बस्नका लागि विश्वकै सबैभन्दा महंगाे सहर बनेकाे हाे । महंगाेका दृष्टिले तेल अभिभ पहिलाे पटक विश्वकाे पहिलाे स्थानमा पुग्न सफल भएकाे हाे ।

‍इजरायलकाे राष्ट्रिय मुद्रा शेकेल डलरभन्दा शक्तिशाली देखिएकाे सर्वेक्षणमा जनाइएकाे छ । त्यहाँ यातायात र खाद्यन्नकाे मूल्य पनि अन्य सहरकाे तुलनामा बढी देखिएकाे जनाइएकाे छ ।

त्यस्तै, पेरिस र सिंगापुर दुबै सहर दाेस्राे स्थानमा छन् भने जुरिच र हङकङ क्रमश: तेस्राे र चाैथाे स्थानमा छन् । त्यसैगरी, न्युयाेर्क र जेनेभा क्रमश: पाँचाैं र छैटाै‌ स्थानमा परेका छन् । त्यस्तै, काेपनहेगन साताैं, लस एन्जेलस आठाैं र जापानकाे ओसाका नवाैं स्थानमा परेका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार १२:२२