संसदीय सुनुवाइ समितिको बैठक स्थगित, प्रधानन्यायाधीशमा जोशीको नाम अनुमोदन हुन सकेन
१३ साउन, काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिको बैठक स्थगित भएको छ । बैठक भोलि दिउँसो २ बजे बस्ने गरी स्थगित भएको समितिका सदस्य पार्वत गुरूङले जानकारी दिए । सांसदहरूले सोधेका प्रश्नहरूको विस्वस्त जवाफ नदिएको र शैक्षिक प्रमाणपत्र विवाद बाहिर आएपछि रोकिएको प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम संसदीय सुनुवाइ विशेष समितिमा अाज निर्णयार्थ पेशहुने कार्यसूची रहेकाे थियो । गुरूङका अनुसार अाज ११ बजे संसद बैठक समेत भएका कारण पर्याप्त छलफल गरेर निर्णय लिन भोलिका लागि बैठक सारिएको हो ।
बिहीबार भएको सुनुवाइमा जोशीले सांसदहरूले सोधेका प्रश्नहरूको विस्वस्त जवाफ दिएका थिएनन् । सत्तारूढ दलभित्र मतक्यै नभए जोशीको सिफारिस अस्वीकृत हुने सम्भावना उत्तिकै रहेको छ ।
प्रकाशित मिति : १३ श्रावण २०७५, आईतवार ०९:२०