११ मंसिर २०८१, मंगलवार | Tue Nov 26 2024

आफ्नो सम्पूर्ण तलब समाजसेवामा लगाउने नेकपाका सांसद बद्री मैनालीको घोषणा

१२ साउन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद बद्री मैनालीले आफ्नो सम्पूर्ण तलब समाजसेवामा लगाउने घोषणा गरेका छन । दैनिकीसँग कुरा गर्दै प्रदेश नम्बर ३ को प्रदेशसभाभका लागि नुवाकोट क्षेत्र नम्बर १ प्रदेशसभा ‘ख’बाट विजयी सांसद मैनालीले आफूले राजनीतिलाई पेशा भन्दा पनि समाजसेवाको रुपमा अघि बढाउन चाहेको भन्दै तलब समाजसेवा खर्च गर्ने बताएका हुन ।

उनले आफ्नो तलबले गरिब विद्यार्थीलाई पढाउने लगायतको काम गर्ने बताए । तत्कालीन नेकपा एकाले नुवाकोटका उपाध्यक्ष समेत रहेका मैनालीको नुवाकोटमा राजनीतिक नेतासँग समाजसेवीको पनि पहिचान रहेको छ ।

उनले जिल्लाका धेरै गाउँमा सामाजिक कार्यमा योगदान दिएका छन । सामाजिक कार्यकै लोकप्रियताको कारण मैनाली गएको निर्वाचनमा लोकप्रिय मतका साथ विजयी भएका थिए ।

प्रकाशित मिति : १२ श्रावण २०७५, शनिबार १८:४९