सरकारमा सहभागी हुन नपाउने भएपछि राजपा समर्थन फिर्ता लिने तयारीमा
१२ साउन, काठमाडौँ । राष्ट्रिय जनता पार्टी राजपाले सरकारमा सहभागी भएर मन्त्री हुन नपाउने भएपछि समर्थन फिर्ता लिने तयारी गरेको छ । मन्त्रिपरिषद् बैठकले मन्त्रालय विभाजन गर्दा अन्य मन्त्रालय समेत विभाजन गरेर आफ्ना लागि पनि भाग आउने आश गरेको राजपाले त्यस्तो नभएपछि सरकारलाई दिएको समर्थन नै फिर्ता लिने तयारी गरेको हो ।
उसले सरकारलाई दिएको समर्थन फिर्ताको निम्ति विभिन्न मागहरु अघि सारेको छ । यसअघि साउन ३ गते राजपा अध्यक्ष मण्डलका सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी आफ्ना माग सुनाएका थिए । माग सुनाएको एक साता नाघ्दा पनि सरकारले माग पूरा गर्नेबारेमा सामान्य चासोसमेत नराखेको भन्दै राजपा असन्तुष्ट बनेको छ ।
प्रकाशित मिति : १२ श्रावण २०७५, शनिबार ०८:२३