२ असार २०८१, आईतवार | Mon Jun 17 2024

बार्सिलोनामा प्रशिक्षक जाभीको सुखद् सुरुआत


५ मंसिर, काठमाडाैँ । स्ट्राइकर मेम्फिस डिपाएको निर्णायक गोलमा स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालेको छ । शनिबार राति भएको खेलमा क्याटलन क्लब बार्सिलोनाले स्पानियोललाई १-० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा मेम्फिस डिपेले निर्णायक गोल गरे । खेलको ४८औं मिनेटमा डिपाएले पेनाल्टीमा गोल गरेका हुन् । बाँकी समय दुबै टोलीले केही अवसर बनाएपनी सदुपयोग गर्न सकेनन् । जितसँगै मुख्य प्रशिक्षक जाभी होर्नाण्डेजले प्रशिक्षकको रुपमा बार्सिलोनामा सुखद सुरुआत गरेका छन् ।

बार्सिलोनाका पूर्वखेलाडीसमेत रहेका जाभी गत महिना मुख्य प्रशिक्षक नियुक्त भएका थिए । जितसँगै बार्सिलोनाले १३ खेलमा २० अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ । स्पानियोल १७ अंक जोडेर १३औं स्थानमा छ ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आईतवार १०:१०