२ असार २०८१, आईतवार | Mon Jun 17 2024

एसियन यू-१४ र्‍याङकिङ टेनिसमा प्रशंसा र सुनिराकाे जाेडी बन्याे पहिलो


१ मंसिर, काठमाडौं । नेपालका प्रशंसा मोक्तान र सुनिरा थापाको जोडी एसियन यू–१४ र्‍याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट-१ को गर्ल्स डबल्समा पहिलो भएका छन् ।

बुधबार नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा उक्त जोडीले नेपालकै जेनी खड्का र कर्मिस्था श्रेष्ठको जोडीलाई ६-२ र ६-० सोझो सेटमा सहजै पराजित गरे ।

त्यसै स्पर्धाको ब्वाइजमा नेपालका राजवीर प्रधान र दर्शिल श्रेष्ठको जोडीले नेपालका बोरिस अधिकारी र निशाद जोशीको जोडीलाई ४-६ ६-३ र १०-२ को सेटमा हराउँदै फाइनलमा प्रवेश गरे ।

सुनिरा गर्ल्स सिंगल्समा पनि फाइनलमा पुग्न सफल भइन् । सुनिराले नेपालकी सिभाली गुरुङमाथि ६-२ र ६-३ को जित दर्ता गरिन् । सोही स्पर्धामा नेपालकी इभा अधिकारीले समृद्धि महर्जनलाई ४-६, ६-२ र ६-४ को सेटमा निराश पार्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिन् ।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भइरहेको प्रतियोगिताको ब्वाइज सिंगल्समा भारतका सिद्धार्थ जिबुले नेपालका निश्चल कायश्थलाई ४-६, ६-३ र ७-५ पराजित गर्दा नेपालका दर्शिल श्रेष्ठले नेपालका वृजेश अर्याललाई ४-६, ६-२ र ६-१ तथा नेपालका सक्षमविक्रम शाहले भारतका अमिर मुहम्मद खान मजारीलाई ६-४, ३-६ र ६-२ को सेटमा पन्छ्याउँदै सेमिफाइनल यात्रा तय गरे ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार १८:१५