२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

सभापतिमा उम्मेदवारी दिने शशांक कोइरालाकाे घाेषणा

१ मंसिर, संखुवासभा । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने बताएका छन् ।संखुवासभाको तुम्लिङटार विमानस्थलमा बुधबार पत्रकारसँग संक्षित कुराकानी गर्दै कोइरालाले सभापति पदमा उठ्ने घोषणा गरेका हुन् ।

पार्टी सभापति पदका लागि आफू बलियो उम्मेदवार भएको उनले दाबी गरे । औपचारिक रूपमा सभापति पदको उम्मेदवारीे चाँडै घोषणा गर्ने उनले बताए ।

अहिलेको पाँचदलीय गठबन्धन चुनावअघिसम्म मात्रै रहने कोइरालाले बताए । आगामी चुनावमा कुनै पार्टीसँग कांग्रेसकाे तालमेल नहुने उनकाे भनाइ थियाे । आगामी चुनावमा अन्य पार्टीसँग गठबन्धन गर्ने विषयमा कांग्रेसले सहमति नगरेको उनले बताए ।

कांग्रेसले सत्ता गठबन्धनका लागि मात्रै सहकार्य गरेको कोइरालाकाे दाबी छ । कोइरालाले आगामी निर्वाचनपछि कांग्रेसले बहुमतको सरकार बनाउने पनि दाबी गरे । एक्लै चुनाव लड्दा पनि आगामी चुनावमा कांग्रेसले बहुमत ल्याउने उनले बताए ।

प्रकाशित मिति : November 17, 2021 at 5:04 pm