२ असार २०८१, आईतवार | Mon Jun 17 2024

क्रिकेट संघको साधारण सभा धनगढीमा हुने (तत्काल)


३० कात्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को साधारणसभा पुसको तेस्रो साता हुने भएको छ ।

मंगलबार क्यानका अध्यक्ष चतुर बहादुर चन्दको अध्यक्षतामा अनलाइन माध्यमबाट बसेको बोर्डको बैठकले साधारण सभा १४, १५ पुसमा गर्ने निर्णय गरेको हो । यसपटक संघले आफ्नो साधारण सभा धनगढीमा गर्ने निर्णय गरेको छ ।

यस्तै संघले विभिन्न ५ शीर्षकका निर्णय गरेको छ । संघले जिल्ला अधिवेशन ७ माघमा गर्ने निर्णय गर्दा राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक छनोट गर्न पाँच सदस्यीय समिति गठन गरेको छ ।

यस्ता छन् क्रिकेट संघले गरेको निर्णय

१. संघको वार्षिक साधारण सभा २०७८ साल पौष १४ र १५ गते धनगढीमा आयोजना गर्ने निर्णय गरिएको छ ।

२. संघको विधान अनुसार ४ वर्षीय कार्यकाल समाप्त भएका र कार्यकाल समाप्त हुने जिल्ला क्रिकेट संघको जिल्ला अधिवेशन यही २०७८ साल माघ ७ गते भित्र सम्पन्न गर्न सम्बन्धित जिल्ला क्रिकेट संघलाई निर्देशन दिने निर्णय गरिएको छ ।

३. संघको मुख्य प्रशिक्षक छनौटका लागि संघका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लको संयोजकत्वमा संघका कोषाध्यक्ष रोशन कुमार सिंह, महाप्रबन्धक रौनक बहादुर मल्ल, क्रिकेट म्यानेजर विनोद कुमार दास र १ जना आइसिसीका प्रतिनिधि रहने गरी पाँच सदस्यीय छनौट समिति गठन गर्ने निर्णय गरिएको छ ।

४. संघको आर्थिक कार्यविधि पारित गरिएको छ ।

५. प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी पौष १५ गते भित्र सम्पन्न गर्ने लगायतका निर्णय गरिएको छ ।

५, प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी पौष १५ गते भित्र सम्पन्न गर्ने लगायतका निर्णयहरु गरिएको छ .

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलवार १९:२९