२ असार २०८१, आईतवार | Mon Jun 17 2024

३० कात्तिक, काठमाडौं । नेपालका निश्चल कायस्थले एसियन यू-१४ र्‍याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट-१ को ब्वाइज सिंगल्समा सफलता पाएका छन् ।

मंगलबार सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा निश्चलले नेपालका निशाद जोशीलाई ६-३ र ६-२ को सोझो सेटमा पराजित गरे ।

प्रतिस्पर्धामा नेपालका आयुशमान हजुर घलेले नेपालका श्लोककेशर खड्कालाई ६-० र ६-१, नेपालका दर्शिल श्रेष्ठले नेपालका आश्रित नेपाललाई ६-० र ६-१ तथा भारतका अमिर मुहम्मद मजारीले नेपालका सृजन भट्टराईलाई ६-० र ६-१ को सीधा सेटमा हराए ।

नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको गल्र्स सिंगल्समा नेपालकी इभा अधिकारीले नेपालकी प्राज्ना मानन्धरलाई ६-२ र ६-३, नेपालकी प्रशंसा मोक्तानले नेपालकी जेनी खड्कालाई ६-० र ६-०, नेपालका शिभाली गुरुङले नेपालका कृषा अधिकारीलाई ६-४ र ६-३ तथा नेपालकी सुनिरा थापाले नेपालकी आध्या पौडेललाई ६-२, ४-६ र ६-२ को सेटमा पाखा लगाए ।

ब्वाइज डबल्समा नेपालका बोरिस अधिकारी र निशाद जोशी तथा नेपालकै आयुशमान हजुर घले र सक्षमविक्रम शाहको जोडी विजयी भए । सोही स्पर्धाको गल्र्समा नेपालका प्रशंसा मोक्तान र सुनिरा थापा तथा नेपालकै जेनी खड्का र कर्मिस्था श्रेष्ठको जोडीले सफलता पाए ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलवार १९:१३