धनकुटामा माओवादी केन्द्र रित्तियाे, जनप्रतिनिधिसहित १५ सय नेता–कार्यकर्ता एमालेमा प्रवेश
२९ कात्तिक, धनकुटा । धनकुटामा माओवादी केन्द्रबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिसहित जिल्लाका १५ सय भन्दा बढी नेता र कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् । उनिहरूलाई अध्यक्ष केपी शर्मा ओलीले एमालेमा प्रवेश गराएका हुन् ।

आज शहीदभूमि गाउँपालिकाको छिन्ताङमा आयोजित एमालेको सभामा धनकुटा नगरपालिका-९ मा नेकपा माओवादीबाट निर्वाचित वडाध्यक्ष सन्दीप रायमाझी र महालक्ष्मी नगरपालिका-३ मा नेकपा माओवादीबाटै निर्वाचित वडाध्यक्ष भरत थापालगायतका नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । उहाँनिहरुलाई एमाले अध्यक्ष ओलीसहित वरिष्ठ नेताहरु र धनकुटा एमाले अध्यक्ष राजेन्द्र राईले स्वागत गर्नुभएको
प्रकाशित मिति : November 15, 2021 at 6:34 pm










