२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

धनकुटामा नेकपा माओवादी केन्द्र शून्य प्रायः सबैजसो नेता र कार्यकर्ता एमालेमा

२९ कात्तिक, धनकुटा । प्रदेश नम्बर १ को धनकुटा जिल्लामा नेकपा माओवादी केन्द्र शून्य प्राय हुने भएको छ । नेकपा मओवादी केन्द्रका नेता कार्यकर्ता सोमबार नेकपा एमालेमा प्रवेश गर्दैछन ।

धनकुटा नगरपालिकाका वडा नम्बर ९ मा वडा अध्यक्षमा विजयी भएका एकमात्र माओवादी नेताले एमाले रोजेका छन । वडा नम्बर ९ का अध्यक्ष सन्दिप रायमाझीले प्रचण्ड लगायतले आन्दोलनप्रति गद्दारी गरेका कारण राष्ट्रको समृद्धिको अभियानमा सहभागी हुन नेकपा एमालेमा प्रवेश गर्ने निर्णयमा पुगेको बताए ।

सोमबार धनकुटाको सहिदभूमि गाउँपालिकाको छिन्ताङमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीका सयौँ कार्यकर्तालाई एमालेमा प्रवेश गराउँदैछन ।

पार्टी प्रवेश गराउने प्रयोजनका लागि प्रदेश नम्बर १ मा माओवादी शून्य पार्ने घोषणा गरेका व्यवसायी समेत रहेका एमाले नेता दुर्गा प्रसाईले केही दिनदेखि धनकुटाका गाउँगाउँमा माओवादीका नेता कार्यकर्ता खोजिगरिरहेका छन ।

सोमबारको कार्यक्रममा सयौँ माओवादी कार्यकर्ता एमाले प्रवेश गर्ने र त्यसको तयारी अन्तिम चरणमा पुगेको प्रसाईले दैनिकीलाई जानकारी दिए ।

प्रकाशित मिति : November 15, 2021 at 7:11 am