एडिलेडमा भेट्रान कप फुटबल हुने
२९ कात्तिक, अष्ट्रेलिया । साउथ अष्ट्रेलियाको एडिलेडमा नेपाली पाठशालाको आयोजनामा आगामी २७ नोभेम्वरमा `पाठशाला भेट्रान कप फुटवल २०२१ ´ हुने भएको छ ।
नेपाली पाठशालाका अध्यक्ष कपिल पाण्डेका अनुसार प्रतियोगितामा छ टिमको सहभागिता हुने छ भने दुइ वटा नेपाली विद्यालयहरुको वालवालिकाको टिमको सहभागिता रहने भएको छ । भने विजयी टिमलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ ।
अध्यक्ष पाण्डेले नेपालीहरुको मन पर्ने खेल फुटवल पनि भएको र स्वस्थ रहनाका लागि जुन सुकै उमेर समुहका व्यक्तिहरुले विभिन्न खेलकुद संग सम्वन्धित वा अन्य संघ संस्थामा आवद्ध भएर पनि फुटवल खेल्ने गरेकोमा उहाहरुलाई प्रोत्साहित गर्ने समेत उद्देश्य राखेर प्रतियोगिता आयोजना गरिएको वताउनु भयो ।

उहाले स्थानिय बुरागाहा रिजर्व मोडवरी नर्थमा रहेको खेलमैदानमा हुने खेलमा सहभागी तथा दर्शकका रुपमा सहभागी हुन एडिलेडमा रहेका नेपाली समुदायलाइ आयोजकका तर्फबाट अनुरोध गर्नुभएको छ ।
प्रकाशित मिति : November 15, 2021 at 6:45 am









