२९ भदौ २०८३, सोमबार | Tue Sep 15 2026

लुम्बिनी विकास बैंकको लाभांश संशोधन, संशोधन पछिकाे मूल्य कति ?

२८ कात्तिक, काठमाडौँ । लुम्बिनी विकास बैंकले सेयरधनीलाई वितरण गर्ने लाभांश संशोधन गरेको छ । बैंकले अब १३ प्रतिशत बोनस सेयर र शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश गरी कुल १३ दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

यसअघि बैंकले १३ दशमलव ७१२ प्रतिशत लाभांश वितरण गर्ने जनाएको थियो । नेपाल राष्ट बैंकको निर्देशनपश्चात २६ कात्तिकमा बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश संशोधन गर्ने निर्णय गरेको हो।

हाल बैंकको चुक्ता पुँजी दुई अर्ब ९० करोड ६४ लाख ५३ हजार ५४९ रुपैयाँ ५५ पैसा छ । सेयरधीलाई १३ प्रतिशत बोनस सेयर वितरण गरेपछि बैंकको चुक्ता पुँजी तीन अर्ब २८ करोड ४२ लाख ९२ हजार ५१० रुपैयाँ ९९ पैसा पुग्नेछ।

प्रकाशित मिति : November 14, 2021 at 11:33 am