२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

प्रधानन्यायाधीशको पक्षमा प्रदर्शनमा उत्रिएका ५ जना पक्राउ

२८ कात्तिक, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा प्रर्दशनमा उत्रिएका पाँच जना अभियान्ता पक्राउ परेका छन् ।जबरा विरुद्ध नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतको मुल गेटमा धर्ना थालेपछि विरोधमा उत्रिएका तारा बरालसहितका पाँच जनालाई प्रहरील पक्राउ गरेको हो ।

नेपाल बारले जबराको राजीनामा माग्दै थालेको आन्दोलनको विपक्षमा पनि आन्दोलन सुरु भएका छन् । विरोधका लागि उत्रिएका जबरा पक्षधरलाई भने प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : 10:55