आन्तरिक सुशासन कायम गर्न, नेकपाले लाभको पद लिने सदस्यको सम्पत्ति छानबिन हुने
११ साउन, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी कमिटी आन्तरिक सुशासन कायमको अभियानलाई महत्वपूर्ण रुपमा अघि बढाउने भएको छ । त्यसका लागि नेकपाले पार्टीका पदाधिकारी, सदस्य तथा पार्टीका तर्फबाट जनप्रतिनिधिमूलक संस्था एवं लाभको पदमा रहेर काम गर्ने सदस्यको सम्पत्ति छानबिन गर्नेे तयारी गरेको छ ।
नेकपाले हालै पारित गरेको पार्टी विधानमा लाभको पद लिने सदस्यको नियुक्ति हुँदा, बहाल रहँदा र अवकाश पाउँदाको सम्पत्ति विवरण लिने र आवश्यकताअनुसार छानबिन, अद्यावधिक र सार्वजनिक गर्ने कुरा स्पष्ट रुपमा उल्लेख गरिएको छ । नेकपाले समृद्धि र सुशासनको लक्ष्य प्राप्त गर्न विधानमै यस्तो व्यवस्ता गरेर लागू गर्न खोजेको हो ।
प्रकाशित मिति : ११ श्रावण २०७५, शुक्रबार ०८:१५