२ असार २०८१, आईतवार | Mon Jun 17 2024

सत्यजितको नेतृत्वमा क्रिकेट अम्पायर्स एन्ड स्कोरर्स एसोसिएसन


२७ कात्तिक, काठमाडाैँ । सत्यजित सरकारको नेतृत्वमा क्रिकेट अम्पायर्स तथा स्कोररर्स एसोसिएसन अफ नेपालको कार्यसमिति चयन भएको छ । शनिबार बुटवलमा सम्पन्न एसोसिएसनको पहिलो अधिवेशनबाट ४४ मत ल्याएर सरकार अध्यक्षमा निर्वाचन भएका हुन् । अध्यक्षका अर्का प्रत्याशी रूपन्देहीकै मोहम्मद सफिक (समीर खान)ले २२ मत प्राप्त गरेका थिए ।

क्रिकेट अम्पायर्स एन्ड स्कोरर्स एसोसिएसनको चारवर्षे कार्यकाल रहने छ । लक्ष्मणनाथ योगी ४३ मत ल्याई उपाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी वासुदेवलाल कर्णले २३ मत प्राप्त गरे । सचिवमा ३४ मत प्राप्त गरी मनोहर अधिकारी निर्वाचित भए । उनका प्रतिस्पर्धी मेहबुब रेजा राइनले ३२ मत प्राप्त गरे ।

तीन पदमा निर्वाचन भए पनि अन्य पदमा भने सर्वसम्मत भएको थियो । कोषाध्यक्षमा हिमालराज गिरी निर्वाचित भए । सदस्यमा मांगीलाल शर्मा, नीरजकुमार सिंह, सुरजरत्न शाक्य, सञ्जयकान्त सिग्देल, मञ्जुल भट्टराई, महेश बोहरा चुनिएका छन् । महिला सदस्यमा सुनिता नेपाली चुनिइन् ।

क्रिकेट अम्पायर्स तथा स्कोररर्स एसोसिएसन अफ नेपाल यसअघि तदर्थ समितिमा रहेको थियो । बुद्धिबहादुर प्रधान तदर्थ समितिका अध्यक्ष थिए । दुई दिने साधारणसभा र अधिवेशनबाट सरकारको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार १९:५५