२ असार २०८१, आईतवार | Mon Jun 17 2024

जुम्लामा भलिबल प्रतियोगिता : महिलातर्फको उपाधि तातोपानी गाउँपालिकालाई


२७ कात्तिक, जुम्ला । जुम्लामा यही २५ गतेदेखि सुरु भएको जिल्ला स्तरीय महिला पुरुष भलिबल प्रतियोगिता सकिएको छ । महिलातर्फको उपाधि तातोपानी गाउँपालिकाको टिमले जितेको छ । उक्त प्रतियोगितामा महिलातर्फ बाट चार टिमको सहभागिता रहेको थियो । महिलातर्फबाट द्वितीय गुठीचौर गाउँपालिकाको टिम भएको छ ।

त्यस्तै पुरुषतर्फ पातारासी गाउँपालिकाको टिमले हात पारेको छ । गुठीचौर गाउँपालिकाको वडा नम्बर ५ त्रिभुवन मावि झारज्वलामा जिल्ला स्तरीय तीन दिने भलिबल प्रतियोगिता भएको थियो । पुरुषतर्फ तिला गाउँपालिका द्वितीय भएको छ । मुख्यमन्त्री कपका लागि जिल्लामा महिला र पुरुषको टोली छनोट गरिएको थियो ।

पुरुष भलिबलमा पातारासी गाउँपालिकाले जिते पनि मुख्यमन्त्री कपमा ६ वटै पालिकाबाट खेलाडी छनोट गरिने जिल्ला खेलकुद विकास समितिले जुम्लाले जनाएको छ । प्रथम हुने टिमले ५० हजार नगद, मेडल र प्रमाणपत्र हात पारेका छन् ।

द्वितीय टिमले ३५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका जिल्ला खेलकुद विकास समिति जुम्लाकी सदस्य सचिव संगीता आचार्यले बताइन् । खेलका सर्वोत्कृष्ट पुरुषतर्फका खेलाडी पातारासीका हर्क बुढा र महिलातर्फकी तातोपानी गाउँपालिकाकी देवकी देवकोटालाई प्रमाण पत्रसहित सम्मान गरिएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार १९:५४