डा केसी र सरकारबीच सहमति, बितण्डा मच्चाएर गणतन्त्र मास्ने कांग्रेस योजना तुहियो
१० साउन, काठमाडौं । अनसनरत डा. गोविन्द केसी र सरकारबीचको वार्ता निश्कर्षमा पुगेको छ । सरकार र केसी पक्षको वार्ताटोलीबीच अाज दिउँसो भएको सहमतिलाई अन्तिम रुप दिइदैछ।
बार्तामा संबिधानको सर्वाेच्चता र संसदको सर्वाेच्चतालाई कायम गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको बिषयमा माग भन्दा अगाडि बढेर सहमति भएको हो ।
यो बार्ता सहमतिमा पुगेसँगै केसीको अनसन देखाएर अस्पताल अस्तब्यस्त बनाउने, गणतन्त्रबिरुद्ध बितण्डा मच्चाउने र माफियाकरणको पैसामा समृद्ध नेपालको सपना तुहाउने नेपाली कांग्रेस, बिवेकशिल साझा र पूर्व दरवारिया एजेण्टको सपना तुहिएको छ ।
अाज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहरबारमा भएको सरकारी वार्ता टोली र केसी पक्षबीच भएको सहमतिपत्रमा वालुवाटारमा हस्ताक्षर हुनेछ ।
सहमतिमा हस्ताक्षरसँगै केसीको अनसन आजै तोडिने वार्ता प्रक्रियामा सहभागी नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।
सहमतिमा हस्ताक्षरघि केसी पक्षका वार्ता टोलीले डा. गोविन्द केसीलाई भेट्दैछन् । बिहीबारको वार्तामा भएको सहमतिबारे केसीलाई जानकारी गराउने र उनले सहमति जनाएमा हस्ताक्षर हुने सम्भावना रहेको वार्ता टोली सदस्य सुरेन्द्र भण्डारीले बताए ।
प्रकाशित मिति : १० श्रावण २०७५, बिहीबार १७:३०