प्रदेश २ मा थपिए तीन राज्यमन्त्री, गठन भएकाे ६ महिनापछि सरकारले पायाे पूर्णता
९ साउन, जनकपुर । प्रदेश २ मा तीन राज्यमन्त्री थपिएका छन् । संघीय समाजवादी फोरम र राजपाको गठबन्धनको सरकार रहेकाे प्रदेश २ मा सरकार गठन भएको ६ महिनापछि राजपाले ३ राज्यमन्त्री पठाएपछि सरकारले पूर्णता पाएको हाे ।
सामाजिक विकास राज्यमन्त्रीमा अभिराम शर्मा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा सुरेश मण्डल र भौतिक पूर्वाधार राज्यमन्त्रीमा डिम्पल झा रहेका छन् ।
शर्मा महोत्तरीबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री मण्डल सिरहाका हुन्, उनी राजपाका सह–महामन्त्री समेत हुन् । भौतिक पूर्वाधार राज्यमन्त्री झा राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाकी पत्नी हुन् ।
मुख्ममन्त्री लालबाबु राउतले बुधबार अपरान्ह तीनै राज्यमन्त्रीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।
प्रकाशित मिति : ९ श्रावण २०७५, बुधबार १७:१९