४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

पाकिस्तानमा मतदान केन्द्रनजिकै आत्मघाती विस्फोट, ३१ जनाको मृत्यु


९ साउन, काठमाडौँ । पाकिस्तानमा अाज कडा सुरक्षा बीच आम निर्वाचन भइरहँदा बलुचिस्तान प्रान्तको क्वेटा शहरको एक मतदान केन्द्र नजिकै आत्मघाती विस्फोट भएको छ । विस्फोट परी ३१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा केही प्रहरी अधिकारी र बाँकी सर्वसाधारण मतदाताहरु रहेका जनाइएकाे छ ।


बिस्फाेटमा परी घाएते हुनेकाे शंख्या ३० भन्दा धेरै छ । घाइतेमध्ये ८ को अवस्था गम्भीर रहेको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन् । क्वेटा शहरको प्रहरीले जारी गरेको विज्ञप्तिअनुसार एक आत्मघाती हमलाकारीले तमिर-आइ-नाउ विद्यालयमा रहेको मतदान केन्द्रको प्रवेशद्वारमा बम हमला गरेका थिए ।

इस्लामिक स्टेट समूहले आफ्नो आधिकारिक न्यूज एजेन्सी अमाकमार्फत उक्त आत्मघाती आक्रमणको जिम्मेवारी लिएको छ । यस पटकको आम निर्वाचनमा मतदान सुरु भएपछि यो नै सबैभन्दा ठूलो हिंसात्मक घटना हो । पाकिस्तानको अन्य स्थानहरुमा भने मतदान अपेक्षाकृत रुपमा शान्तिपूर्ण रुपमा चलिरहेको छ ।

आम निर्वाचनमा सबैभन्दा संवेदनशील मानिएको बलुचिस्तान प्रान्तमा निर्वाचन अभियानको क्रममा यसअघि भएका विभिन्न आत्मघाती हमलामा १८० जना भन्दा धेरैको मृत्यु भइसकेको छ । पाकिस्तान सरकारले निर्वाचनको सुरक्षाको लागि ३ लाख ७० हजार भन्दा धेरै सेना र ४ लाख ५० हजार भन्दा धेरै प्रहरी खटाएको जनाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७५, बुधबार १६:०१