२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

एमालेकाे किस्पाङ गाउँपालिका कमिटीकाे अध्यक्षमा बीरबल तामाङ

१४ कात्तिक, नुवाकाेट । नेकपा एमाले किस्पाङ गाउँपालिका कमिटीको प्रथम अधिवेशन सम्पन्न भएकाे छ । अधिवेशनले बीरबल तामाङकाे अध्यक्षतामा ७५ सदस्यीय पालिका कमिटी सर्वसम्मत चयन गरेकाे छ ।

अधिवेशनले पालिका कमिटीको उपाध्यक्षमा अच्युतराज भट्ट र सचिवमा सोनाम लामालाई निर्वाचित गरेकाे छ । त्यस्तै उपसचिवमा कुमारी तामाङ र रुद्र प्रसाद न्यौपाने निर्वाचित भएका छन ।

अधिवेशनकाे शनिबार बागमती प्रदेशका पूर्व मन्त्री एवं एमाले नेता केशवराज पाण्डेले गरेका थिए । शनिबार अधिवेशन भएकाे भए पनि नेतृत्वको घाेषणा आइतबारमात्र भएकाे हाे ।

प्रकाशित मिति : October 31, 2021 at 12:34 pm