गगन थापाको परामर्शपछि केसीको प्रतिनिधि सिंहदरबार छिरे, शिक्षा मन्त्रालयमा वार्ता जारी
८ साउन, काठमाडौँ । १५ औँ श्रृङखलाको अनसनको २५ औँ दिन गोविन्द केसीका प्रतिनिधि नेपाली कांग्रेसका नेता गगन थापाको परामर्श लिएर वार्ताका लागि सिंहदरबार छिरेका छन । अहिले शिक्षा मन्त्रालयमा सरकारी वार्ता टोली र केसीको वार्ता टोली एउटै टेवुलमा छलफलमा बसेको छ । सरकारले पटक पटक वार्ताको आग्रह गर्दा समेत नेपाली कांग्रेसको निर्देशनमा वार्तामा बस्न अस्वीकार गर्दै आएको टोली आज भने वार्तामा बस्न तयार भएको हो ।
वार्तामा बस्नु अघि कांग्रेस नेता गगन थापासँग करिब एक घण्टासम्म माइतीघरको त्रिष्टल क्याफेमा प्रशिक्षण लिएका वार्ता टोलीका सदस्यलाई गगनले केही दिन अझै वार्तामा नजान आग्रह गरेका थिए तर पछि वार्ता टोलीका सदस्यले हामी आउछौँ भनिसकेकाले औपचारिकताका लागिमात्रै भए पनि टेबुलमा बस्नुपर्ने भन्दै उल्टै गगनलाई कन्भिन्स गरेका थिए ।

पछि गगनले वार्तामा राख्नुपर्ने अडानका विषयमा क्याफेको तीन नम्बर टेबुलमा बसेर जानकारी दिएको प्रत्यदर्शीले दैनिकीलाई जानकारी दिएका छन ।
यो पनि पढ्नुहोस्
–माइतिघरको क्याफेमा केसीको वार्ता टोलीलाई कांग्रेस नेता थापाको निर्देशनः तत्काल वार्तामा नजानु
प्रकाशित मिति : July 24, 2018 at 6:36 pm









