२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

दुई जना केन्द्रीय सदस्य थप्न पाएपछि प्रभु साह एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी

१२ कात्तिक, काठमाडाैँ । नेकपा एमालेको केन्द्रीय समिति बैठकमा प्रभु साह उपस्थित भएका छन् । पछिल्लो समय असन्तुष्ट रहँदै आएका पूर्वमाओवादी नेता साह शुक्रबार च्यासलमा बसेको केन्द्रीय समिति बैठकमा उपस्थित भएका हुन् ।

पछिल्लो समय एमालेसँग असन्तुष्ट रहँदै आएका साह कहिले माओवादी फर्किने त कहिले नेकपा ब्युँताउने भनेर चर्चामा थिए ।

तर अघिल्लो स्थायी कमिटी बैठकले साहनिकट दुई जना कुन्दन कुशबाहा र माेहम्मद समीरलाई अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा मनोनित गरेका थिए । ती सदस्यहरुले आजको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीबाट सपथ लिइसकेका छन् । यहीँ केन्द्रीय कमिटी बैठकमा साह पनि उपस्थित भएका हुन् । यससँगै उनी एमालेमै रहेको स्पष्ट भएको छ ।

प्रकाशित मिति : October 29, 2021 at 5:07 pm