१५ वर्षदेखि आफूले आफ्नो विवाहको खबर सुनेको भन्दै कट्रिनाले भनिन्- विवाहको कुनै योजना छैन
१० कात्तिक, काठमाडाैँ । बलिउडमा कट्रिना कैफ र विक्की कौशलको बिहेको खबरले ध्यान तानिरहेको छ । केही समय यता प्रेममा रहेको खबरकै बीच यी दुईको विवाहको खबर मिडियामा आएको छ । भारतीय सञ्चारमाध्यमले कट्रिना र विक्की चाँडै नै बिहे बन्धनमा बाँधिने तयारी रहेको जनाएका छन् । तर, एक अनलाइनसँग कट्रिनाले कुरा गर्दै यो हल्ला मात्र रहेको जनाएकी छिन् ।
उनले कुरा गर्दै गत १५ वर्षदेखि आफूले आफ्नो विवाहको खबर सुन्ने गरेको बताएकी छिन् । ‘मलाई आफै थाहा छैन कि यो हल्ला किन फैलिरहेको छ,’ उनले कुराकानीको क्रममा भनेकी छिन्, ‘अहिले नै विवाहको कुनै योजना छैन।’ यद्यपि भारतीय सञ्चार माध्यमले यी दुईले विवाह गर्ने संकेत गरेको खबर सम्प्रेषण गरिरहेका छन् । गतराती कट्रिना विक्कीसँग सेलिब्रेटी म्यानेजर रेश्मा शेट्टी कहाँ पुगेपछि विवाहको चर्चा बढेको हो ।

प्रकाशित मिति : October 27, 2021 at 8:54 pm







