मन्त्री पद खाेसिने भएपछि कानुनमन्त्री शेरबहादुर तमाङले राजिनामा दिँदै
८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अाेलीले विवादास्पद अभिव्यक्ति दिने कानुनमन्त्री शेरबहादुर तामाङकाे पद खाेसेका छन । प्रधानमन्त्री अाेलीले तमाङलाई राजिनामा दिन निर्देशन दिएका छन । साेमबार अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका शीर्ष नेताहरुसँग छलफल गरेर प्रधानमन्त्रीले तमाङलाई निर्देशन दिएका थिए । अाेलीकाे निर्देशन लगत्तै तमाङले पत्रकार सम्मेलन मार्फत राजिनामा दिने तयारी गरेका छन । उनले दिउँसाे २ बजे मन्त्रालयमा पत्रकार सम्मेलन गरेर राजिनामा गर्ने उनकाे सचिवालयले जनाएकाे छ ।
मन्त्री तमाङले बंगलादेशमा मेडिकल शिक्षा पढ्न जाने महिलाका विषयमा विवादित विषय बाेलेका थिए ।
प्रकाशित मिति : ८ श्रावण २०७५, मंगलवार ०९:४७