१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

सरकार नसुध्रिए अर्को ३० हजार मान्छे मर्ने सुशीला कार्कीको चेतावनी (भिडियोसहित)

८ साउन, काठमाडौँ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले चिकित्सक गोविन्द केसीको माग पूरा नभए देशमा आगो बल्ने चेतावनी दिएको केहीदिन अगावै ३० हजारको बलिदानी दिलाउने घोषणा गरेको खुलासा भएको छ ।

गोविन्द केसीको नाममा सडक संघर्षको व्यवस्थापन गरिरहेको एक संस्थाले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा वक्ताको रुपमा बोल्दै कार्कीले विगतमा १५ हजार मान्छे मरेको स्मरण गर्दै वर्तमान सरकारले कार्यशैली नसुधारे अर्को ३० हजार मान्छेले ज्यान गुमाउने दाबी गरेकी छिन ।

उनले साउन ५ गते बानेश्वरको सडकमा उभिएर सरकारले केसीको माग पूरा नगरे देशभर आगो बाल्ने चेतावनी दिएकी थिइन । कार्कीको दुबैखाले चेतावनी पदीय मर्यादाबाहिरको आराजक बोली भएको भन्दै सामाजिक सञ्चालमा चर्को आलोचना भैरहेको छ । कतिपयले कार्कीले पूर्वप्रधानन्यायाधीशको हैसियतमा पाउनुपर्ने सुविधासमेत खोस्नुपर्ने बताएका छन ।

३० हजारको बलिदानी हुने कार्कीको भाषण यहाँ हेर्नसक्नुहुन्छ

 

प्रकाशित मिति : July 24, 2018 at 7:26 am