३ मंसिर २०८१, सोमबार | Tue Nov 19 2024

एएफसी यु–२३ एसियन कप छनोटः नेपालले इन्डोनेसियासँग खेल्दै

५ कात्तिक, काठमाडाैँ । ताजाकिस्तान भ्रमणमा रहेको नेपाली यू–२३ राष्ट्रिय फुटबल टिमले आज इन्डोनेसियाको यू–२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।  ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा आयोजना हुने खेल नेपाली समय अनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ । एएफसी यू–२३ एसियन कप छनोटको तयारी स्वरूप नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

छोटो समयमा निर्माण भएको टोलीमा ६ राष्ट्रिय खेलाडी भए पनि उनीहरुले बाँकी यु–२३ टोलीसँग अभ्यास गर्न पाएका थिएनन् । एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन । नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्दै छ ।

यस्तै दोस्रो खेलमा ताजिकिस्तानसँग अक्टोबर २८ मा प्रतिस्पर्धा गर्दा समूह को अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्ने छ । छनोटका ११ समूहको शीर्ष टोली सहित उत्कृष्ट चार टोलीले एएफसी यू–२३ एसियन कप खेल्ने मौका पाउनेछन् । उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म आयोजना हुँदै छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार ११:३८