११ मंसिर २०८१, मंगलवार | Tue Nov 26 2024

डाक्टर पढ्ने नेपाली युवतीबारेको विवादास्पद अभिव्यक्तिमा कानुनमन्त्रीले माफी मागे (विज्ञप्तिसहित)

६ साउन, काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले बंगलादेशमा डाक्टर पढ्न गएका नेपाली युवतीहरुबारे आफूले गरेको विवादास्पद टिप्पणीप्रति माफी मागेका छन् । आइतवार एक भिडियो सन्देश जारी गर्दै मन्त्री तामाङले माफी मागेका हु्न् ।

विदेश पढ्न र रोजगारीका लागि जाँदा कुनै पनि नेपाली महिला यौनजन्य हिंसामा पर्न नहुने आफ्नो आशय रहेको बताउँदै तर अर्को अर्थ लाग्न पुगेको भन्दै उनले माफी मागेका छन । मन्त्री तामाङले शुक्रबार चाबहिलस्थित प्राक्सिस इन्टरनेशनल एकेडेमीमा एसईई उत्तीर्णलाई गरिएको सम्मान कार्यक्रममा बंगलादेशमा पढ्न जाने युवतीहरु यौन शोषणमा पर्ने गरेको दाबी गरेका थिए ।

हेर्नुहोस तामाङको विज्ञप्ति

प्रकाशित मिति : ६ श्रावण २०७५, आईतवार १६:५०