१५ कार्तिक २०८३, शनिबार | Sat Oct 31 2026

राष्ट्रिय वाणिज्य बैंककाे थप सात शाखा विस्तार, कुल संख्या २५४ पुग्यो

१९ असोज, काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले थप सात नयाँ शाखा कार्यालयहरू विस्तार गरेको छ । बाग्मती प्रदेश अन्तर्गत काठामाडौंकाे चन्द्रागिरीस्थित शाखा कार्यालय बलम्बु, कागेश्वरी मनोहरास्थित शाखा कार्यालय थली, ललितपुरकाे गोदावरीस्थित शाखा कार्यालय ठैव, भक्तपुरको कमलविनायकस्थित शाखा कार्यालय कमलविनायक, चितवनको बरुवाबजारस्थित शाखा कार्यालय माडी, सिन्धुपाल्चोककाे सदरमुकाम साँगाचोकगढीस्थित शाखा कार्यालय चौतारामा बैंकले शाखा विस्तार गरी कारोबार सुरु गरेको छ ।

यसैगरी बैंकले लुम्बिनी प्रदेशमा प्युठानको सदरमुकाम मल्लरानीस्थित शाखा कार्यालय प्युठानमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । याेसँगै बैंकको शाखा कार्यालयहरूको संख्या २५४ पुगेको छ ।

बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले शाखा विस्तारबाट सर्वसाधारण एवं व्यवसायी उद्यमीहरूको वित्तीय पहुँचमा थप सघाउ पुगि आधुनिक बैंकिङ सेवा पाउने विश्वास व्यक्त गरे । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५४ वटा शाखा कार्यालय, २१६ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ सेवा रहेका छन् ।

प्रकाशित मिति : October 5, 2021 at 1:59 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/