२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

घरेलु हिंसा तथा बालबालिका अपहरणको विषयमा अञ्जली निर्माण हुँदै

१२ असोज, काठमाडाैँ । घरेलु हिंसा तथा बालबालिका अपहरणको विषयमा निर्माणाधीन फिल्म ‘अञ्जली’ को हाल राजधानीका विभिन्न स्थानमा छायांकन भइरहेको छ ।

दिनेश लिङ्देनको कथा र निर्देशन रहेको फिल्ममा दिक्पाल कार्की, एलिना बास्कोटा, विमला खजुम लिम्बू, हाङ चेम्जोङ, यासेली योङहाङ, विमला गिरी, शर्मिला शर्मा, नरेश वनेम, सागर केरुङ, विशाल सेनेहाङ, दिविसा सापकोटा, जनक कार्की, नन्दु तुम्बापो, अजय खड्का, दिनेश माङमु, पुन्य ओझा, माइकल तुम्बापो, बिमल ढुंगेल, दावा शेर्पा, पे्रम आले मगरलगायतका कलाकारको अभिनय छ ।

फाल्गुनन्द लिङ्देन फिल्मस्को ब्यानरमा कविता राई लिङ्देन, मणि ताम्लिङ र राम दाहाल निर्माता रहेको फिल्मलाई सुशील अधिकारीले खिच्दै छन् । दिनेश माङ्मुको नृत्य निर्देशन रहेको फिल्ममा पुन्य ओझाको द्वन्द्व निर्देशन छ । फिल्म मंसिरमा दर्शकमाझ आउने जानकारी निर्देशक लिङ्देनले दिएका छन् ।

प्रकाशित मिति : September 28, 2021 at 1:55 pm