अस्पताल बन्द गरी बिरामीलार्इ पीडा दिन हुन्न भन्ने चिकित्सक रक्षा श्रेष्ठले फेरि यस्ताे लेखिन
५ साउन, काठमाडाैँ । चिकित्सक संघले अस्पताल बन्द गरेर गरिब बिरामीलार्इ उपचार नदिने निर्णय गर्दैगर्दा त्यसको बिरूद्धमा नोट अफ डिसेन्ट लेखेकी संघकी कोषाध्यक्ष रक्षा श्रेष्ठले फेसबुकमा एउटा लामो स्टाटस पोष्ट गरेकी छिन ।
डा रक्षाले फेसबुकमा पोष्ट गरेको स्टाटस यस्तो रहेको छ ।
डा. गोबिन्द केसी को अनशन को विषय लिएर अब अगाड़ि कसरी बड़ने भनेर नेपाल चिकित्सक संघले डाक्टरहरूको मीटिंग बोलायो।त्यहाँ डा. हरू अस्पताल बन्दको पक्ष र विपक्ष २ भागमा विभाजित भए। अस्पताल बन्द समस्याको समाधान होईन र बन्दको प्रस्ताव आएमा बन्दको बिपक्षमा हुने भनेर डाक्टर हरूले धारणा राख़्नु भयो।अरुले भने बन्दको विकल्प नभएको भन्नु भयो।
डा. गोबिन्द केसी को सहयोगि डा. अभिषेक सिंह ले डा. केसीले बन्द नचाहेको र नेपाल मेडिकल असोसीएशन(एनएमऐ) लाई बन्द नगरिदिनु भनेर अनुरोध गरेको समाचार हिजो नागरिक दैनिक मा प्रकाशित छ। डा. भगवान कोईरालाले कान्तिपुर को fireside मा बिगतमा अस्पताल बन्द हुँदा बिरामी को उपचार नगर्दा आफुलाई आत्मा ग्लानि भएको र रोएको भन्नु भयो।
एनऐमऐ ले बन्दको आह्वान गरे लगत्तै Association of Private Medical and Dental College ले आफ़ना डाक्टरहरूलाई काम यथावत राख्नु र बन्दको अवज्ञा गर्नु भनेर विज्ञप्ति जारी गर्यो।
डाक्टर हरूले भने:
हामीले विगतमा बन्द गर्दा सरकारी अस्पताल मात्र बन्द हुने तर प्राइभेट नर्सिंग होम हरू बन्द नहुने देखेका छौ । ५० रूपैयाँ तिरेर पायिने Opd टिकट बन्द हुने तर त्यहि बिरामी इमर्जन्सी को टिकट ३०० रूपैयाँमा काटेर हेरिने गरिएको छ। Teaching, Bir मा धेरै बिरामी आऊनुको एउटा मुख्य कारण त्यहा अरु ठाऊ भन्दा सस्तो भएर पनि हो र बन्दको मुख्य प्रभाव यिनीहरूलाई पर्ने भनेर बन्द नगर्न सुझाव दिए।
यी कुरा हरू ध्यानमा राखेर म अस्पताल बन्दको विपक्षमा गएको हो। अस्पताल बन्द समस्याको समाधान होईन भन्ने मलाई लाग्छ। मलाई यो पनि थाहा छ कि म एक जनाले कुन्नै कुरा भनेमा त्यो लागु हुने होईन,, तर मेरो सोच के हो भन्ने कुरा प्रष्ट पार्न चाहन्छु । हामीले स्थायी समाधानको उपाय सोचनु पर्छ। बन्दले ल्याएको उपलब्धिको बारेमा छलफल हुनु जरूरी छ।
बन्द बाहेक अरु बिकल्पले समस्याको स्थायी समाधान हुनुपर्छ भन्ने मेरो सोचाई हो। समस्याको समाधान संवाद छलफल बाट नै हुने हो र बन्द बाहेकको अरु विकल्प र समस्याको समाधान को विषयमा मेरो सधै साथ हुनेछ।
देश ध्रुबीकरण भएको छ-यहाँ कुन विषय(अस्पताल बन्द ठीक कि बेठीक) भनेर बहस नभएर कसले के कुरा भन्यो भन्ने विषयमा बहस केन्द्रित भएको छ। आज नेकपाको सरकार छ, भोली नेपाली कांग्रेसको आउला। सरकार जो सुकैको होस अस्पताल बन्द गरेर आफ्नो माग पुरा गराउने सोच सधैको लागी अन्त्य गर्नु पर्छ।
यो पनि पढ्नुहोस्
–अस्पताल बन्द गरेर बिरामी लखेट्ने चिकित्सक संघको निर्णयमा पदाधिकारीकै असहमति
प्रकाशित मिति : ५ श्रावण २०७५, शनिबार १३:५८