७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

गुल्मीमा सामूदायिक विद्यालय शिक्षकदेखि लेखापालसम्म कांग्रेसको वडा कमिटीमा

२७ भदाै, काठमाडाैँ । गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ।अधिवेशनमबाट शिक्षा ऐन र नियमावलीविपरित सामुदायिक विधालयका शिक्षकहरु नै पार्टीको पदाधिकारीमा निर्वाचित भएका छन्।

स्थायी शिक्षकहरु नै सक्रिय राजनीतिमा लागेपछि नयाँ प्रश्न खडा भएको छ। यतिबेला निर्चाचित पदाधिकारीहरुको चर्को आलोचना भइरहेको छ।

वडा अधिवेशनबाट देविस्थान माविका शिक्षकहरू डिल्लीराज पन्थी (स्थायी शिक्षक), बाबुराम पन्थी (करार शिक्षक), हिमबहादुर बि.क. (स्थायी शिक्षक), रेसुङगा बहुमुखि क्याम्पस तम्घासका हरी खत्री (उप प्रध्यापक), रूपन्देहीका पदम बहादुर जि.सि. (स्थायी शिक्षक) र हिमाल मा.वि.का प्रेम खत्री (लेखापाल, करार) निर्वाचित भएका छन्।

प्रकाशित मिति : September 12, 2021 at 8:09 am