भक्तपुरका अध्यक्ष रजन केसीले छाडे माधव नेपालको साथ
१३ भदौ, भक्तपुर । नेकपा एमाले समानान्तर कमिटी चलाएर बसेका भक्तपुर जिल्लाका अध्यक्ष रजन केसीले माधव नेपालको साथ छोडेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माधव नेपालबीच अन्तरर्विरोध हुँदा भक्तपुरमा बनाइएको समानान्तर जिल्ला कमिटीको अध्यक्ष भएका केसीले नेता नेपालको साथ छोडेका हुन् ।
नेता नेपालले एमालेबाट अलग भएर समाजवादी पार्टी गठन गरेपछि अध्यक्ष केसीले अब आफू नेपालले गठन गरेकाे पार्टीको पछि लाग्न नसक्ने भन्दै समूहबाट बाहिरिएको बताए ।
नेकपा (एकीकृत समाजवादी) भक्तपुरका सचिव श्यामसुन्दर बस्नेतले अध्यक्ष केसीले पार्टी छोड्ने निर्णय गरिसकेकाले नयाँ अध्यक्षका लागि चाडै नै बैठक बसी केन्द्रको सुझाव अनुसार कमिटीले पूर्णता पाउने बताए ।
प्रकाशित मिति : August 29, 2021 at 2:25 pm










