आफ्ना नेतालाई माधव नेपालले भनेः निरास नहुनु एकीकृत समाजवादी स्थापित हुन्छ
१३ भदौ, काठमाडौँ । नेकपा एकीकृत समाजवादी अध्यक्ष मावधकुमार नेपालले आफ्नो पार्टी स्थापित हुने दाबी गरेका छन् । एमालेबाट अलग भएर समाजवादी गठन गरेपछि पहिलोपटक बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्ना नेताहरुलाई भनेका छन् , निरास नहुनु एकीकृत समाजवादी पार्टी पनि स्थापित हुन्छ ।
नयाँ पार्टीहरु नचलेको भन्दै समाजवादीप्रति टिप्पणी भइरहेको भन्दै नेपालले पुष्पलाल श्रेष्ठदेखि तल्सीलालसम्मको क्रान्तिकारी र विद्रोहीचेत बोकेर गठन भएको समाजवादी पनि स्थापित हुने दावी गरे ।
प्रकाशित मिति : August 29, 2021 at 2:06 pm










