२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

सरकारमा जानेबारे प्रधानमन्त्रीसँग कुनै कुरा भएको छैनः महन्थ ठाकुर

११ भदौ, काठमाडौँ ।  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्रीसँग कुनै कुरा नभएको बताएका छन् ।  बबरमहलस्थित पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै ठाकुरले प्रधानमन्त्रीले बोलाए विचार गर्न सकिने बताए ।

‘प्रधानमन्त्रीजीसँग सामूहिक र अलग अलग भेट्या छौँ । तर कुनै पनि भेटमा सरकारबारे कुरा भएको छैन,’ उनले भने, ‘शेरबहादुरजीले सोध्नुहुन्छ भने यो विषयमा कुरा गर्छौं ।’ ठाकुरले भर्खरै पार्टी दर्ता भएको भन्दै थपे, ‘हामीलाई बोलाउनु हुन्छ सोध्नुहुन्छ भने हामी आफ्नो कुरा राख्छौं ।’ ठाकुरले आफ्नो पार्टी सत्ता गठबन्धनमा नरहेको पनि प्रस्ट पारे । चुनावको घोषणा भएपछि भने सहकार्य गर्न सकिने उनको संकेत थियो ।

प्रकाशित मिति : August 27, 2021 at 5:23 pm