२ असार २०८१, आईतवार | Sun Jun 16 2024

१७.५७ अंकले बढ्यो नेप्से, १३ अर्ब ३२ करोडकाे काराेबार


१० भदाै, काठमाडौँ । यो साताको अन्तिम दिन आज बिहिबार नेप्से बढेको छ । नेपाल स्टक एक्सचेञ्जका आज सेयर कारोबार मापक नेप्से परिसूचक १७.५७ अंकले बढेर ३०९४.०१ मा पुगेकाे छ । नेप्से ०.५७ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ३.४० अंकले बढेर ५७१.३९ मा पुगेको छ ।

आज दिनभर २ सय ३२ कम्पनिको २१ करोड ६९ लाख ५ सय ५ कित्ता शेयर १ लाख ३० हजार ९ सय ३८ पटक किनबेच हुदा १३ अर्ब ३२ करोड १९ लाख ७४ हजार ७ सय ९२ रुपैयाँको कारोबार भएको छ ।

आज सबैभन्दा बढि विकास बैंक समुहका लगानिकर्ताले कमाएका छन । विकास बैंक समुह २४१.६५ अंकले बढेको छ । त्यसैगरी हाईड्रोपावर समुह १६९.३७, फाइनान्स १२० र माईक्रोफाइनान्स ३७ अंकले बढेको छ । भने सबैभन्दा बढि जिवन विमा समुहका लगानिकर्ताले गुमाएका छन । आज जिवन विमा समुह १५४,निर्जिवन विमा समुह ५२ उत्पादन समुह २७ व्यनपनर समुह ११ र बैकिङ समुह ७ अंकले घटेको छ ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार १६:०६