माधव नेपालको नेकपा एकीकृत समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
९ भदाै, काठमाडाैँ । माधव नेपालको नेकपा एकीकृत समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएकाे छ । बुधवार निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी पार्टीलाई नयाँ दलको रूपमा आधिकारिकता दिने निर्णय गरेको हाे । आयोगको निर्णयसँगै नयाँ पार्टीले प्रमाणपत्र पनि पाएको छ ।
एमालेबाट अलग भएर माधव नेपाल पक्षले भदौ २ गते दल दर्ताको निवेदन दिएको थियो । बुधवार भएको सनाखतपछि आयोगले माधव नेपालको पार्टीलाई आधिकारिकता दिने निर्णय गरेको हो। आयोगले माधव नेपाललाई आधिकारिकता दिएसँगै नेकपा एमाले कानूनीरूपमा पनि फुटेको छ ।
माधव नेपालको पार्टीले नयाँ दलले मान्यता पाएसँगै संसद्मा पनि संसदीय दल गठनको अवसर पाउने छ । नेकपा एकीकृत समाजवादीको पक्षमा साविकको एमाले केन्द्रीय कमिटीका ५५ सदस्य र संघीय संसदका ३० सांसदले हस्ताक्षर सनाखत गराएका छन् ।
३० बाहेक अन्य चार सांसदले पनि माधव नेपालको पक्षमा लाग्ने जनाउ दिएका छन् । तर दल दर्ताको निवेदनमा उनीहरूको हस्ताक्षर नभएका कारण आयोगले बुधवार सनाखत गर्न अस्वीकार गरेको हो । उनीहरू नयाँ पार्टीमा लाग्न पाउने या एमालेकै सांसद रहने भन्नेमा अन्योल कायमै छ ।

प्रकाशित मिति : 21:11









