११ मंसिर २०८१, मंगलवार | Tue Nov 26 2024

चिकित्सक र वकिललाई हड्ताल गर्ने अधिकार छैनः प्रा डा संग्रौला

२ साउन, काठमाडौँ । वरिष्ठ अधिवक्ता प्रा डा युवराज संग्रौलाले चिकित्सक र वकिललाई हड्ताल गर्ने अधिकार नभएको बताएका छन । केसीको अनसनको समर्थनका नाममा चिकित्सकहरु हड्तालमा उत्रिरहेको अवस्थामा संग्रौलाले वकिल र चिकित्सकले हड्ताल गर्न नपाउने बताएका हुन । उनले फेसबुकमा ६ बुँदामा आफ्नो धारणा सार्वजनिक गरेका छन ।

उनले यस्तो लेखेका छन
स्वास्थ क्षेत्र अहिले चर्चाको शिखरमा छ । केसीको अनसन, मन्डलाको जुलुस, मार्सी चामल र मेडिकल कलेज अहिले चर्चाका उत्कर्सका कुरा हुन । तर
१.छलफलको विषय भने जनताको स्वास्थको हक हुनुपर्ने हो । संविधानको धरा ३५ले अधारभुत स्वास्थ र इमेर्जेन्सी सेवाबाट बञ्चित नगर्ने बाचा गरेको छ । स्वास्थ सेवा र शिक्षालाई निजीकरण गरेर स्वास्थको हक संरक्षण हुन सक्दैन ।
२.काठमाडौँ विश्वविद्यालयले आफ्नो संकाय नै नभै ४ वटा मेडिकल कलेजलाई कसरी सम्बन्धन दियो ? कस्ले गर्यो त्यो ? शिक्षामा नव उदारवाद् लागूगरी मेडिकल शिक्षा निजीकरण गर्ने को हुन ? शिक्षालाई निजीकरण गर्न संरचनात्मक समायोजन नीति लागू गर्ने विश्व बैंकको नेपालमा को प्रतिनिधि थिए ? सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गरोस । सायद थुप्रै राम्रा भनिएकाको हालत पातलो हुन्छ होला ।
३.सबै मेडिकल कलेज तुरुन्तै राष्ट्रियकरण गरि मालिकहरुको सम्पत्ति जाँच होस् ।
४.केसीसँग बार्ता गर, केसीको आन्दोलनलाई बहाना बनाएर अराजकता मच्चाउनेलाई कानुन बमोजिम कार्बाही गर ।
५.समस्या कतिवटा कलेज भन्ने होइन । कस्ले बनाएको हो मेडिकल कलेजको निजीकरणको भन्ने हो ।
६. कसरी गर्ने राष्ट्रियकरण ? सबै मेडिकल कलेजलाई डिम्ड विश्वविद्यालयमा रुपान्तरण गरिदिने र सम्पत्ति विश्वविद्यालयका नाममा पास गरिदिने । सरकारले किस्ताबन्दीमा भुक्तानी दिने ।
नेपाल समाजवाद उन्मुख देश हो । शिक्षाको निजीकरण बर्जीत गर्नुपर्छ । चिकित्सकलाई र वकिललाई हड्ताल गर्ने अधिकार छैन । मानिसको बाँच्न पाउने हक कुण्ठित गर्ने अधिकार कसैलाई छैन ।

प्रकाशित मिति : २ श्रावण २०७५, बुधबार १४:४८