एमाले महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म हुने
८ भदाै, काठमाडाैँ । एमाले स्थायि कमिटीकाे बैठक सकिएकाे छ । मंगलबार तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बसेकाे बैठकले नेकपा एमालेको दशौं महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते आयोजना गर्ने निर्णय गरेकाे छ । माधव नेपाल छाडेर फर्किएका स्थायी कमिटी सदस्यसहितको बैठकले सहमतिका आधारमा महाधिवेशनको मिति तोकेको हो ।
यसैगरि, भदौ २७ र २८ गतेलाई तोकिएको विधान महाधिवेशन असोजकाे ५ र ६ गते हुने भएको छ । बैठकले सबै नेताहरूलाई २०७५ जेठ २ कै जिम्मेवारीमा क्रियाशील हुन निर्देशन पनि दिएको छ ।
प्रकाशित मिति : 18:18









