नेकपा एमालेको ऐतिहासिक स्थायी कमिटीको बैठक सुरू
७ भदाै, काठमाडाैँ । नेकपा एमालेको ऐतिहासिक स्थायी कमिटीको बैठक सुरू भएको छ । एमालेमा जारी विवादमा पूर्णविराम लगाउँदै बैठक सुरू भएको हो । यसअघि असन्तुष्ट समूहमा रहेका नेताहरू सहितको नेकपा एमालेको स्थायी कमिटी बैठक सुरू भएको छ ।
बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित गरेर ३ बजेका लागि बोलाइएको थियो । तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बैठक सुरू भएको एमालेका केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन ।
हिजो अध्यक्ष केपी शर्मा ओलीले कार्यदलले तयार गरेको १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएपछि नेताहरु पार्टी बैठकमा सहभागी हुन तयार भएका हुन् ।
आजको बैठकमा उपाधक्ष्य भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिव योगेश भट्टराई, गोकर्ण विष्ट, सदस्य सुरेन्द्र पाण्डे,रघुजी पन्त लगायत सहभागी हुने प्रतिबद्धता जनाएका छन् ।
यसैगरी आजको बैठकका एजेण्डा उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेल सहितले तयार गरेका छन । नेताहरुका अनुसार आजको बैठकले स्थायी कमिटीबाट १० बुँदे कार्यन्वयनको मोडालिटी तयार गर्नेछ ।
पार्टीका सबै कमिटीहरुलाई २०७५ जेठ २ मा फर्काउने निर्णय गर्ने एक नेताले बताउनुभयो । आजको बैठकले केही दिनभित्रै केन्द्रीय कमिटीको बैठक बोलाउने समेत निर्णय गर्ने तयारी छ ।
प्रकाशित मिति : 15:48









