प्रिमियर लिग : १६ जनामा देखियो कोरोना संक्रमण
८ भदौ, लण्डन । इंग्लिस प्रिमियर लिग (एपिएल) मा १६ खेलाडी तथा क्लब पदाधिकारीमा कोभिड १९ संक्रमण देखिएको छ । सोमबार बिबिसीले जनाएअनुसार गत दुई सातामा क्लबका १६ खेलाडी र पदाधिकारीमा कोरोना पुष्टि भएको हो ।
दुई सातामा प्रिमियर लिगमा ३ हजार ६० को पीसीआर गरिएको थियो । लिगको १६ र २२ तारिखमा दुई पटक पीसीआर गर्दा पहिलो साता १२ र दोस्रो सातामा ४ कोरोना पोजिटिभ देखिएको हो ।
पछिल्लो आँकडाअनुसार पहिलो सातामा भन्दा दोस्रो सातामा बढी पोजिटिभ देखिएको छ । अब प्रिमियर लिगले हप्तामा दुई पटक कोरोना परीक्षण गराउनेछ ।
चेल्सी स्ट्राइकर क्रीष्टियन पुलिसिकले आइतबार लण्डन डर्बीमा आर्सनलविरुद्ध कोरोनाकै कारण खेल गुमाएका थिए । यद्यपि चेल्सी खेलमा २-० को जित निकाल्दै शिर्ष स्थानमा पुगेको छ । (एजेन्सी)
प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलवार ०९:३१