३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

६ महिनापछि एमालेको औपचरिक बैठकमा सहभागी हुँदै छन यी नेता, कार्यकर्तामा खुशी

८ भदौ, काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठकमा आज ६ महिनापछि स्थायी कमिटीका ९ सदस्य सहभागी हुँदैछन । १० बुँदे सहमतिको जगमा एमालेलाई एकतावद्ध बनाउँदै अघि बढाउनका लागि उपाध्यक्ष डा भीबहादुर रावलसहितका नेता आजबाट एमालेको औपचारिक बैठकमा सहभागी हुँदैछन ।

तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्ने स्थायी कमिटीले १० बुँदे सहमति कार्यान्वयनको मोडल तयार गर्नेछ । १० बुँदे अक्षरश कार्यान्वयनका सन्दर्भमा सोमबार अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको छलफलले एउटा सहमति गरेको थियो । उक्त छलफलले उपाध्यक्ष डा रावल, महासचिव इश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलसहितको समूहले मोडालिटी बनाउने जिम्मा दिएको थियो ।

बैठकमा ६ महिनादेखि पार्टीको औपचारिक बैठकमा नगएका एमालेका उपाध्यक्षत्रय डा भीमबहादुर रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवत्रय गोकर्ण विष्ट, योगेश भट्टराइ र भीम आचार्य, स्थायी कमिटी सदस्यद्धय सुरेन्द्र पाण्डे र रघुजी पन्त लगायत सहभागी हुनेछन ।

शीर्ष नेताहरूले विभाजनको विरूद्धमा एमालेमै सहमति गरेर बस्ने निर्णय लिएकोमा कार्यकर्ताले खुशी मनाएका छन । उनीहरूले एमालेको विकल्प एमाले नै रहेको भन्दै असन्तुष्टिको पार्टीभित्रको  प्लेटफर्ममा रहेर समाधान खोज्नुपर्ने बताएका छन ।

प्रकाशित मिति : 09:15