नेताहरू रिसोर्टमा थुनेर मध्यरातमा माधव नेपालले भनेः वार्ता र सहमतिको भ्रममा नपराैँ
७ भदौ, काठमाडौँ । आफ्नै निकटका नेताहरू विचारबाट प्रभावित हुने डरले चन्द्रागिरी हिल्स रिसोर्टमा थुरेर राखेका माधवकुमार नेपालले मध्यरातमा सामाजिक सञ्जालबाट वार्ता र सहमतिको भ्रममा नपर्न अनुरोध गरेका छन । यसअघि नेपालले अपेक्षा गरेका भन्दा कम नेता रिसोर्टमा पुगेपछि नेपाल थप विचलित बनेका छन । रिसोर्टमा नेताहरूलका सम्पूर्ण व्यवस्था मिलाइएको छ ।

नेपालले चन्द्रागिरीको डाँडाबाट भनेका छन, ‘दक्षिणपन्थी विसर्जनवाद, विकृती, अन्याय र विसंगतिका विरूद्ध विद्रोह गर्दै कम्युनिष्ट आन्दोलन र सॅस्कृतिको रक्षा, मुलुकको समृद्धि एवम् जनतालाई खुसी प्रदान गर्ने लक्ष्य सहित नयॅा कम्युनिष्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा पटक पटकका बेइमानी एवम् धोखाधडीको निरन्तरता स्वरूप नै ‘वार्ता र सहमती’ का भ्रमपूर्ण समाचारहरू सार्वजनिक भएका छन्। अत: यस प्रकारका छलकपटपूर्ण समाचारबाट भ्रममा नपरी हाम्रो पार्टी एवम् नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन सम्पूर्ण पार्टी पंक्ति, न्यायप्रेमी एवम् क्रान्तिकारी जनसमुदायमा हार्दिक अपिल गर्दछु ।’
प्रकाशित मिति : 22:57









