नेपाली क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक
७ भदाै, काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ जर्सी सार्वजनिक गरिएको छ । सोमबार नेपाल क्रिकेट संघ र राष्ट्रिय टिमको मुख्य प्रायोजक माई फस्ट टिचरका प्रतिनिधिले सँयुक्त रुपमा जर्सी सार्वजनिक गरेका हुन् । क्यानले नयाँ जर्सी डिजाइनका लागि खुल्ला प्रतिस्पर्धा आव्हान गरेको थियो ।
डिजाइनरले एसीसी र आईसीसीको जर्सी प्रोटोकललाई ध्यान राख्दै नेपाली राष्ट्रिय झन्डासँग मिल्ने रंग संयोजनमा जर्सी डिजाइन गर्नुपर्ने सर्त राखेका थिए । जसमा करिब ५ सय डिजाइन क्यानलाई प्राप्त भएका थिए । ती डिजाइनमध्ये आदर्श पोखरेलले बनाएको डिजाइन छनौट भएको क्यानले जनाएको छ ।
क्यानले पोखरेललाइ नगद पुरस्कारसमेत दिएकाे छ । ओमानमा हुने पपुवा न्यूगिनीसँगको २ एकदिवसीय र अेमेरिका र ओमानसँग हुने त्रीकोणात्मक टी-२० सिरिजका लागि नेपाली क्रिकेट टोली मंगलबार ओमान जादैछ ।
प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार १७:२५