एमालेमै फर्किन माधव नेपाललाई अन्तिम माैका, मति सुधारेर फर्किए कारबाही फिर्ता हुने
७ भदाै, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल एमालेमै फर्कि कारबाही फिर्ता हुने बताएका छन । पार्टी विभाजनका बेला माधवलाई साथ नदिएका नेताहरूसँगको छलफलमा ओलीले सो कुरा बताएका हुन । उनले पार्टी एकताका लागि आफूले हदैसम्मको लचकता अपनाएको र अब पनि अपनाउने बताए ।
एमालेमै फर्किए माधव नेपालले गरेका गल्तीलाई माफ गर्न सकिने अध्यक्ष ओलीले बताएको सचिव योगेश भट्टराईले जानकारी दिए । ‘पार्टी दर्ता प्रक्रियाबाट अलग भए माधवहरूमाथि गरिएको कारबाही फिर्ता हुने कुरा अध्यक्षले बताउनुभएको छ,’ छलफलपछि भट्टराईले भने ।
छलफलमा अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्दै अगाडि बढ्न तयार रहेको बताएको पनि सचिव भट्टराइले जानकारी दिए । ‘अध्यक्षले अत्यन्तै सकारात्मक धारणा राख्नुभएको छ, पार्टीलाई एकताबद्ध गर्न जिम्मेवार छु भन्ने प्रतिबद्धता जनाउनु भएको छ, पार्टीमा सबैलाई समान व्यवहार गर्ने, पुरानो जिम्मेवारी यथावत राख्ने, कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने एेतिहासिक अभिभारा पूरा गर्न नेकपा एमालेलाई एकताबद्ध गर्न आफू पूर्णरूपमा लाग्ने प्रतिबद्धता जनाउनुभएको छ,’ भट्टराइले भने ।
प्रकाशित मिति : August 23, 2021 at 4:35 pm










