३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

गुट उपगुट जे भनेपनि एमाले छाड्न सकिन्नः उपाध्यक्ष शाक्य

७ भदौ, काठमाडौँ । नेकपा एमालेकी उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले गुट उपगुट जे भए पनि एमाले छाड्न नसिकने बताएकी छिन । एमाले अध्यक्ष केपी ओलीसँग भएको छलफलमा सोमबार बिहान उपाध्यक्ष शाक्यले एमाले पार्टी छाड्न नसकिने र मतभेद जे भए पनि महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी ओलीलाई साथ दिने बताएको बैठकमा सहभागी एक नेताले बताए । शाक्य एमाले विभाजन गर्नुहुन्न भन्ने पक्षमा रहेकी छिन भने माधव नेपाललाई विभाजन साथ दिन अस्वीकार गरेकी थिइन । सोमबार बिहान एमालेका स्थायी कमिटीका अधिकांश सदस्यसहितसँग अध्यक्ष ओलीले छलफल गरेका थिए ।

प्रकाशित मिति : 14:56